म्ह पूजा र यसकाे महत्व (Mha Puja and its importance)

This is an answer related to:
(1) How is mha puja celebrated?
(2) Mha puja in nepali
(3) Mha puja process
(4) Mha puja mandala
(5) Why mha puja is celebrated?

म्ह पूजा र यसकाे महत्व
~ अानन्द मुनि बज्राचार्य

म्ह पूजा अर्थात्
अाफ्नाे शरिरकाे पूजा नेवार समूदायकाे एक बिशिष्त पहिचानकाे रूपमा शदियाैं देखि रहीअाएकाे छ । नेवार समूदायकाे भाषा तथा लिपि (अक्षर) पछि नेवार हुं भनि चिनिने एक बिशेषता हाे म्ह पूजा । हुनत कसै कसैले म्ह अर्थात देह वा शरीरलार्इ अात्माकाे रूपमा चित्रित गर्न नखाेजिएकाे हाेर्इन । तर अात्मा र म्ह वा देहमा अाकाश जमीनकाे भिन्नता रहेकाे छ । किनकी म्ह पूजा पूर्णत बैज्ञानीक अवधारणा भित्र रहेकाे छ भने अात्मा शरिरकाे एक काल्पनीक अवस्था मात्र हाे र याे कतै प्रत्यक्ष महशूस गर्न सकिंदैन । किनकी बिज्ञानकाे अाधारमा हेर्दा त्यस्ताे बिद्यमान रहेकाे पाउन सकिंदैन । यस कारणले पनि म्हपूजाकाे बिशिष्त महत्व रहिअाएकाे हाे । जसले गर्दा अाजभाेलि म्ह पूजा नेवार समूदायकाे मात्र नभै समग्र नेपाली र बिश्वकै सांकृतिक महत्व बाेकेकाे संस्कृति सम्पदाकाे रूपमा परिभाषित् हुन पुगेकाे छ ।

म्ह पूजाकाे एेतिहासिक पक्षलार्इ नियालेर हेर्ने हाे भने यस भित्र दुर्इ अाेटा तथ्य पाउन सकिन्छ । पहिलाे, प्रकृतिमा धर्म वा देवता वा जे भने पनि कुशल वा अकुशल कर्म मानिस स्वयं गर्दछ । अाफ्नाे कर्मले जे गर्दछ त्यसकाे फलकाे भागीदार पनि त्यही ब्यक्ति नै हुन्छ । यसकारण अाफ्नाे शरिर जुन काय, वाक र चित्तकाे संयाेजनबाट बनेकाे छ त्याे भन्दा कुशल कर्म गर्न सक्ने क्षमता अरूमा छैन् । वा अाफ्नाे लागि अरू कसैले कुसल कर्म गरी दिन सकिंदैन । यसकारण शरिर सबैभन्दा ठूलाे र पूजनीय छ । यसै तथ्यलार्इ बिश्लेषण गरी भगवती लक्ष्मीकरा (र्इ. ७२९) ले मानब शरिरलार्इ बिशेष महत्व दिनु भएकाे थियाे । लक्ष्मीकरा बज्रयान बाैध्द धर्ममा ८४ सिध्दा मध्ये एक हुन् । उनी अाेडियानकाे राजा र्इन्द्रभुतीकाे बहिनी र गुरू पद्मसंभवकाे फुफु हुनुहन्छ । लिलाबज्र उहांकाे शिष्य हुनु हुन्छ । यसकारण लिलाबज्रकाे समयबाट म्हपूजाकाे प्रारम्भ भएकाे हुनुपर्दछ ।(यज्ञमान बज्राचार्य नेपाःया प्रचीन बज्राचार्य लीलाबज्र) ।

लीलाबज्र तत्कालीन समयकाे महान प्रकण्ड बाैध्द बिद्वान हुनुहुन्छ जसले काष्ठमण्डप, सिंल्यं सतः, श्री खण्ड तरूमूल महाबिहार (महाबिद्यालय) जस्ताे गरीमामय सम्पदाकाे निर्माणका साथ साथै बिभिन्न चर्या गित एवं दार्शनिक रचनाहरू गर्नु भएकाे थियाे । उहांले नालन्दा बिश्वबिद्यालय, बिक्रमशील महाबिहार जस्ता भारतीय शैक्षिक संस्थामा प्राध्यापन गर्नु भएकाे थियाे ।

अर्का दाेश्राे तथ्यहाे, पहिले काठमाडाैं शहरकाे बिकशीत स्थान हालकाे बिशाल नगर हाे । साे क्षेत्र ठूलाे अागाेलागी हुंदा त्यहांबाट बाँचेर अाउन सफल हुनेहरूले ठूलाे बिपत्तिबाट ज्यान जाेगाउन सफल भएकाे स्मरण स्वरूप अाफ्नाे शरिर पूजा गरी सगून लिने परम्परा सुरूभयाे ।

यहां इतिहासकाे तथ्य त छंदैछ तर बैज्ञानीक रूपले बिश्लेषण गरि हेर्ने हाे भने म्ह पूजा पूर्णत बैज्ञानीक सिध्दान्त भित्र रहेकाे पाउंछाैं । बैज्ञानीक अाधार हुन केहि अाधारभूत सिध्दान्तकाे अावश्यकता (Fundamental Principle) रहेकाे हन्छ । साे अनुसार बैज्ञानीक बिश्लेषण गर्दा पहिलाे कुनै पनि बस्तु वा पदार्थ वा तथ्य अवलाेकन (observation) गरीन्छ, त्यस पछि परिक्षण (Test) गरीन्छ । परिक्षणबाट सफल भएमा वा सही भए उपयाेग (utilization) गरीन्छ । याे तथ्य म्ह पूजा भित्र रहेकाे पाउंछाैं । यहाँ स्मरणीय के हाे भने बुध्द स्वयंले पनि कुनै कुरा ग्रहण गर्न अगाडि परिक्षण गरी हेर्न भन्नु भएकाे छ । अफ्नाे परिक्षणबाट सफलता पाए मात्र त्याे स्वीकार गर्न याेग्य हुन्छ ।

शरिरभन्दा काय, वाक र चित्तकाे संयाेजन भनि बुझ्न सकिन्छ । किनकि काय नभएकाे अवस्थामा वाक र चित्त मात्र रहने कुराे भएन । काय छ तर चित्त छैन भने त्याे मृत अवस्था हाे । काय र चित्त छ तर वाक छैन भने (सांकेतिक भाषा पनि नरहेकाे अवस्थामा) काय र चित्तले कार्य सम्पादन गर्न सकिंदैन । तर बाैध्द धर्मकाे अभ्यासमा काय र चित्त क्षान्तिपारमिताकाे अभ्यासबाट फरक रहेकाे महशूस गर्न सकिन्छ । त्यस्तै चित्तकाे सहयाेगबाट काय र वाककाे कुसल कार्यमा उपयाेग गर्न सकिन्छ । म्ह पूजा यहि चित्त शुध्दीबाट वर्षभरी कुसल कार्य सम्पादन गर्न अाफूलार्इ याेग्य बनाउनुसंग सम्बन्धित छ । जसले way of leaving अर्थात् जीवन कुसलमूल रुपमा बिताएर कुसल कार्य गरी बुध्दत्व मार्गमा प्रस्थान गर्नु हाे जसबाट दुःख सदाकाे लागि अन्त हुन्छ ।
म्हपूजाकाे प्रारम्भमै एकअाेटा फूल निधार, घाँटी र छातीमा छुवाएर मण्डपमा राखीन्छ ।

यसबेला
अाें अाःहुं तिष्ठ बज्रासने हुं ।।
भनि वाक्य वाचन गरीन्छ ।

यसकाे अर्थ हाे अाफ्नाे काय, वाक र चित्त एकाग्र भएकाे अर्थमा मण्डपमा बिराजमान गराइने हाे । काय, वाक र चित्तकाे परिशुध्दि र एकाग्रताले नराम्राे बिचार र भावनाकाे अन्त हुन गयी कुसल बिचार वा चित्त उत्पत्ती भर्इ राम्राे कार्य गर्न प्रेरीत गर्दछ । यस्ताे काय, वाक र चित्त एकाग्र भएकाे अवस्थामा धर्म चित्त उत्पत्ती हुनेछ जसलार्इ धर्माेदय पनि भनिन्छ ।

फेरि अर्काे वाक्य हेराैं, एकअाेटा ,फूल ढाेगी मण्डपमा चढाउने
स्वभाव शुध्दाः सर्बधर्माः स्वभाव शुध्दाेहं
शून्यता ज्ञान बज्र स्वभावात्मकाेहम् ।।

अर्थात् कुनै पनि बस्तु वा पदार्थकाे उत्पति सबै दाेष रहित हुन्छ । स्वभावैले कुनै पनि पदार्थकाे अवस्था शून्य तर बज्र जस्ताे धृढ र सबल हुन्छ । जसलार्इ कार्य कारणकाे प्रभावले मात्रै कुनै नयां बस्तु वा पदार्थकाे उत्पत्ती भएकाे हुन्छ । कार्य कारणकाे प्रभावले मानव शरीर पनि यस्ता स्वभावैले शून्य तत्वकाे समिश्रणबाट निर्मित भएकाे हाे । यसकारण कुनै प्राणि स्वभावैले उस्काे सृजना शुध्द र क्लेश रहित हुन्छ जस्ते फुल थरीथरीके भएतापनि सबै शुध्द र बासनायुक्त हुन्छ । अतः सृजनाके प्रत्यक प्राणीमा कुनै दाेष नभै बुध्द चित्त युक्त शरीरमा रहेकाे हुन्छ । यस कारण पदार्थकाे अन्तिम बिन्दु जसलार्इ धर्म भनिन्छ वा अर्काे शब्दमा electron, neutron, proton अादी दाेष रहित रहृकाे छ । र त्यसकाे याेग वा कार्यकारण वा हेतु प्रत्येयबाट सृजित कायमा बाह्य क्लेशकाे समिश्रण हुन गएपछि दाेष पूर्ण हुन जान्छ । यसै तथ्यलार्इ मनन गरी जसरी फूल शुध्द र दाेष रहित छ त्यस्तै मेराे काय वा शरीर पनि शुध्द र दाेष रहित भएकाेले बाह्य कार्य कारणले हुन गएकाे दाेष अन्त गर्ने लक्ष्यका साथ अाफ्नाे काय वा शरिरलार्इ मण्डपमा बिराजमान गरार्इ शुध्दता भाव प्रकट गरीन्छ ।

अाफ्नाे काय, वाक र चित्तलार्इ मण्डपमा राखी अवलाेकान (observation), परिक्षण (Test) र सही भएकाे अवस्था वा तथ्य उपयाेग (utilization) गरी अाफ्नै शरिरकाे प्रत्यक्ष ज्ञान पाउन सकिन्छ ।

यसरी म्हपूजाकाे हरेक तहमा अाफ्ने बिशेषता र बैज्ञानीक अाधारहरू रहेकाे हुन्छन् । यस्ताे तथ्यहरूकाे शिकार्इ महाबिहार(महाबिद्यालय), बिहार, कचा बिहार हुंदै हाम्राे घर भित्रसम्म पनि जन्मे देखि शिक्षा ग्रहण गर्ने अवसर प्राप्त भर्इ रहेकाे छ ।

म्हपूजा बाहेक स्वन्तिकाे समयमा पहिलाे दिन र दाेश्राे दिन राम्राे संचार र सुरक्षाकाे सम्मान गर्दै काग र कुुकुरकाे पूजा, तेश्राे दिन जीवन सुखमय र धनधान्यले परिपूर्णता स्वरूप बसुन्धरादेवी (महालक्ष्मी), नयां युगकाे शुभारभ्म स्वरूप नयां बर्ष र दाजुभार्इ तथा दिदि बहिनिकाे दिर्घअायु र शाैभाग्यकाे कामना सहित किजापूजा गर्ने प्रचलन रहेकाे छ ।

ये धर्मा हेतु प्रभवा हेतुं तेषां तथागताे ह्यवदत् ।
तेषां च याे निराेध एवंवादी महाश्रमणः ।।

म्हपूजाकाे उपलक्षमा समस्त नेपालीहरुमा अाअाफ्नाे देह परीशुध्द गर्न सकुन भने शुभकामना ।

Source: https://www.facebook.com/anand ... 67586
2018-11-11 12:45 1 Reviews Share

admin - Site Manager

Agree by:

One more article about the mha puja

नेपालभाषा नबुझ्ने नेवार समुदायको लागि ज्यादै उपयोगी ः
म्हपुजा के हो ? कसरी गर्ने र किन गर्ने ?

नेपालका विभिन्न आदिवासीहरु मध्ये नेवार समुदाय एक महत्वपूर्ण जाति हो । काठमाडौं उपत्यकाको निर्माण महाचीनबाट आउनु भएका मञ्जुश्रीले तालको रुपमा भएको काठमाडौको पानी चोभारको गल्छीबाट निकालेर बसोबास गर्न योग्य उपत्यका बनाए पछि नेवारहरुको सभ्यताको शुरुवात भएको हो भन्ने सहजै अनुमान गर्न सकिन्छ । उनीहरुले काठमाडौं उपत्यकामा विभिन्न र्मूत अर्मूत सम्पदाहरु निर्माण गरे । यहाँका मन्दिर, सत्तल पाटी पौवाहरु र्मूत सम्पति हुन् भने यहाँको भाषा, साहित्य, कला, जात्रा, चाड पर्व नेपालकै अमूल्य अर्मूत साँस्कृतिक धरोहरहरु हुन् । नेवारहरुको उच्चस्तरीय सांस्कृतिक सम्पदाहरुले गर्दा नै धेरै मानिसहरु उत्तर, दक्षिण पूर्व पश्चिम बाट आएर बसोबास गर्न आएर कालान्तरमा नेवार नै भएर बस्न थालेका हुन् । त्यसैले नेवारहरुभित्र धरै किसिमका विविधताहरु देखिन्छन् । नेवारहरुको विभिन्न अर्मूत सम्पदाहरु मध्ये नेवारहरुको म्हपूजाका बारेमा केही जानकारी यस लेखमा प्रस्तुत गर्ने प्रयास गरेको छु ।

नेवारहरुको जीवन दर्शन अनौठो छ । नेवारहरुले सकारात्मक काम गरेर गएका ब्यक्तिहरुनै देवी देवता बनेका हुन् र हामीले पनि सकारात्मक काम र जन उपयोगी काम गर्दै गएमा देवता नै बन्न सक्दछौं भन्ने दर्शन बोकेको पाइन्छ । यसै दर्शनको आधारमा प्रत्येक मानिसहरु भित्र पनि देवता छ वा प्रत्येक व्यक्ति आफू पनि देवतासरह नै हो भनेर आफूले आफैलाइ पूजा गर्दछन् । यसरी आफैले आफूलाई पूजा गर्ने परम्परा एक अनौठो र मौलिक परम्परा हो । नेवारी भाषामा ‘म्ह’ भनेको शरीर हो त्यसैले ‘म्ह पूजा’ भनेको शरीरको पूजा भनेर बुझन सकिन्छ । हाम्रो शरीर विभिन्न प्राकृतिक तत्वहरु स्थल, जल, वायु, आकाश, तेजतत्वहरु संयोजन भएर बनेको छ । मासु थल तत्व हो, रगत जल तत्व हो, शरीर भित्र- बाहिर गरिरहने बायु तत्व हो , हामीले खाएका कुराहरु पचाइ दिने शक्ति तेजतत्व हो , हाम्रो शरीर भित्र पनि केही केही भाग खाली रहन्छ त्यो आकाश तत्व हो वा हाम्रो मन आकाशको प्रंतिबिम्ब हो भन्ने दर्शन म्हपूजा गर्ने परम्परामा अन्तर्निहित रहेको छ ।

यी पाँच तत्वहरु सबै आफ्नो आफ्नो ठाउँमा काम गरेर हाम्रो शरीर परिपूर्ण भएको हो । बाहिर रहेको पञ्च तत्वहरुसित पनि हामी संयोजित भएर रहन सक्नु पर्दछ भन्ने दर्शन अनुसार म्हपूजा मा जहिले पनि यीनै पाँच तत्वहरुको प्रत्येकको प्रयोग गरिन्छ । जस्तै म्हपूजाका दिन दिइने अण्डा सगुनमा अण्डाले आकाशतत्व, बाराले बायु तत्व, माछाले जल तत्व, मासुले स्थल तत्व र रक्सीले तेज तत्वको प्रतिनिधित्व गरेको हुन्छ । यस्तै गरी म्हपूजा गर्दा खेरीको मण्डपमा पाँचओटा गोलो वृत्त अन्तर्निहित रहेको हुन्छ यसले पनि पञ्च तत्वको प्रतिनिधित्व गरेको हुन्छ । मण्डप वरिपरि आठवटा पात पनि रेखी बाटै बनाइएको हुन्छ जसले कमलको फूल वरिपरिको पात संकेत गरेका हुन्छन् भने यीनैले अष्टमंगल, शिवका आठ रुप, अष्ट बोधिसत्व, वा अष्टमातृका भनी विभिन्न अर्थ लाइएको हुन्छ । धेरै जसो म्हपूजाको मण्डप राम्रो संग बनाए पछि हाम्रो मन नै प्रफुल्लित बन्दछ ।

अब म्हपूजा कहिले गरिन्छ – कसरी गरिन्छ – किन गरिन्छ भनेर केही कुराहरु कोट्याउन चाहन्छु ।
नेवारहरुले म्ह पूजा नेपाल सम्बतको तिथि अनुसार कार्तिक शुक्लपक्ष परेवाको दिन गर्ने गर्दछन् । तिहारको एक दिन अगाडि लक्ष्मी पूजा हुन्छ । लक्ष्मी पूजाको भोलिपल्ट बेलुकी पख यो पूजा गरिन्छ । यो दिन नेपाल सम्वतको साल फेरिने दिनमा गरिन्छ भने अक्सर गरी घरका सबभन्दा उमेर पाको महिला – नेवारभाषामा नकिं ) ले गर्नु पर्दछ । यसमा मुख्यतया पूजा सामान रेखी, अवीर, अक्षता, धान, चामल, धुप, पुरानो कपडाले बनेको इता, लावा जजंका फूलमाला आदि आवश्यक पर्दछ । त्यस पछि एउटा नयाँ कुचो, एउटा नाङलो, शुद्ध पानीको कलश, र सुकुन्डा कसैले सिलौटोको बच्चा, पाथी पनि ल्याएर देवताको प्रतीकको रुपमा मण्डप सहित सजाएर राखिन्छ ।
म्हपूजा गरिने जति जना छन् त्यति नै ओटा मण्डप पनि बनाउन आवश्यक छ । यस बेलामा यमराज, चित्रगुप्त, बलिराजा, यमराजकी बहिनी यमुनाको लागि पनि मण्डप बनाइएका हुन्छन् । यस्तै गरी अन्य खाद्य पदार्थहरुमा दही, फलफूल मिठाइ आवश्यक पर्दछ भने विमिरो त नभइहुंदै हुँदैन । त्यसै गरी अण्डा सगुन दिनको लागि उसिनेर तारेको अण्डा, माछा, मासु, बारा आवश्यक पर्दछ । अब म्हपूजा गर्दा मुख्य मुख्य कुन कुन चरणहरु पार गरिन्छ भन्ने तर्फ हेरौ ।

सबभन्दा पहिले म्हपूजा गरिनेहरु समेत सफा सुग्घर भएर सके नुहाएर बस्नु पर्दछ । म्हपूजा गर्नु भन्दा पहिले घरको अगाडि आँगन पूजा, घरको सबै ठाउँमा बत्ती बालेर अधिल्लो दिन पूजा गरेकै लक्ष्मीलाई पूजा गरेपछि म्हपूजा गरिने ठाउँमा रातोमाटो गोबर मिसाएर लिप्नु पर्दछ । लिपे पछि कुचोले सरक्क बढार्नु पर्दछ । बढारी सके पछि पँहेलो रेखीले आफ्नो परम्परा अनुसार जसरी मण्डप बनाउने हो बनाउनु पर्दछ । यसमा उत्तर तिर फर्काएर अघि भनचो, कलश सुकुण्डा आदिको लागि सानो सानो मण्डप समेत बनाएर सजाएर राख्नु पर्दछ ।

त्यस पछि यमराज, चित्रगुप्त हरुलाई पनि साना सानो दक्षिण तिर र्फकने गरी सानो सानो मण्डप बनाउनु पर्दछ । यसरी उत्तरतिर फएका देवताहरु र दक्षिण फर्किएका यमराज गणका लागि बनाइएका मण्डप को बीचमा घरमा जति जना परिवारसख्या छ सोही अनुसार ठूलो ठूलो मण्डप बनाउनु पर्दछ । मण्डप बनाए पछि आफ्नो परम्परा अनुसार मण्डपमा तेलको टीका, पहेंलो टीका, फुस्रे टीका, अक्षता, धान, चामल अलि अलि राखेर आफ्नो परम्परा अनुसार सजाउनु पर्दछ । यी सबै गर्नु भन्दा पहिले एउटा ठूला ठूलो पानीको चक्का बनाउनु पर्दछ । यति गरे पछि म्हपूजा गर्नेहरुले आफ्नो आफना मण्डप अगाडि जेष्ठताको क्रम संगै देवताहरुको मुनी पारेर लहरै बस्नु पर्दछ र सकेसम्म पूर्वतिर फर्केर बस्नु उपयुक्त मानिन्छ । यति गरेपछि विधिवत म्हपूजा शुरु हुन्छ ।

म्हपूजा गर्नेहरुले पहिले आफ्ना आफ्ना मण्डपमा धुप बत्ति गर्दछन् । यसमा पनि पहिले देवताहरु र यमराज तिर धुप बत्ति गरिन्छ । त्यस पछि नकिं -घरको महिलामूलीले) दहिको भा“डो, पूजाको थाली र अण्डा सगुन सामग्री सबैलाई ढोगन लाइन्छ । यति गरे पछि सबैलाई दहीको टीका पुरुषलाई भए दायाँ कञ्चटमा महिलालाई भए बा“या कञ्चटमा टीका लाइदिन्छ । त्यस पछि चामल अक्षता अविर दही मुछेर म्हपुजा गनै सबैलाई पालै पालो दिएर देवताहरुतिर, यमराज भए तिर, आफ्ना आफ्ना अगाडीको मण्डप र गृहलक्ष्मी सभ्झेर माथितिर टिका लगाइन्छ । यति सिध्याए पछि नकींले सबैलाई त्यहि टीका सबैको निधारमा लगाइन्छ । यति भए पछि सबैलाई लामो लामो खेलु इता (करिब एक हातको लामो बत्ती) बाल्दै पूजा गराउँदै सुम्पी दिइन्छ र सबैले आफ्नो आफ्नो मण्डपमा आफूतिर फर्काएर राखिन्छ । यसपछि सबैलाई फलफूलको थाली सुम्पीदिइन्छ । यसलाई सिसगं भनिन्छ अर्थात फलफूलको सगून भन्ने बुझिन्छ । फलफूल लिए पछि लगतै प्रत्येकले त्यहाँ भएको लामो जजंका र माला आफैले लगाउँछन् । फलफूलको सगून दिए पछि मिठाइको सगुन (सेल, पुरी, निम्की आदिको थाली ) सुम्पिइन्छ ।

यति गरे पछि अण्डा सगुन दिइन्छ । अण्डा सगुन दिनेले दायाँ हातमा अण्डाबारा र बायाँहातमा रक्सी लिएर हात क्रस गरेर म्हपूजा ग्रहण गर्नेलाई दिने र लिने ले पनि दायाँ हातमा अण्डाबारा र बा“या हातमा पर्ने गरी लिइन्छ । लिनासाथ सगुन खान भने हुँदैन नखाने सबैले नपाएसम्म नखाइकन कुरेर बस्नु पर्दछ । म्हपूजा गर्नेले समेत अण्डाबाला रक्सी लिए पछि सबैले सबभन्दा जेठोले खाए पछि बल्ल जेष्ठताको क्रम अनुसार अण्डा टोक्दैजाने । सगुनको अण्डा लिने पनि तीन पटक टोकेर लिनु पर्दछ भने रक्सी पनि तिन पटक गरेर पिउनु पर्दछ । र एक पटक पिए पछि रक्सी पनि तीन पदक थपि दिनु पर्दछ । यसको के अर्थ छ भने हामीलाई जे काम गर्न पनि तिनओटा शक्तिको आवश्यकता पर्दछ । यी तिन शक्ति हुन – पहिलो शारीरिक शक्ति, दोस्रो मानसिक शक्ति , तेस्रो बौद्धिक शक्ति । यसरी तीनै थरीको शक्तिले भरिपूर्ण भएर आफ्नो आफ्नो जीवन सफल होस भन्ने कामना गर्नु हो ।

अण्डा सगुन सबैले खाए पछि सबैलाई एउटा मानो वा पाथीमा फूलका टुक्राहरु, फलफूलका टुक्राहरु, लावा आदिले भरेर तीन पटक टाउको देखि प्रत्येक ब्यक्तिलाइ खन्याएर अभिषेक गरिन्छ । यसलाई नेवारी भाषामा घ्वाल्ल गर्ने भनिन्छ । यति गरे पछि घरको नकींले सबैलाई तीन पटक घुंडामा छोएर कुममा छोएर र टाउकोमा छोएर ढोग्नु पर्दछ । यसमा नकींले आफ्नो छोरा वा छोरी नाति नातिनी भए पनि यसरी ढोग्नु पर्दछ । -अरुकोलागि यो अनौठो हुन सक्तछ । ) यति गरे पछि समापन गर्नको लागि एउटा कचौरामा दही राखेर त्यसमा कुनै एक खालको फलफूल राखेर मुछेर सबैलाइ अलि अलि ख्वाउनु पर्दछ । यसलाई नेवारीमा धौमू ख्वाउने भनिन्छ । धौमू समेत ख्वाए पछि एउटा कूचोले देउता स्थापना भएतिरबाट यमराजको सानो मण्डप भए तिर बढारेर लानु पर्दछ ।

यस पछि त्यही ठाउँमा रहेर खुसियाली भोज खाने गरिन्छ । यस म्हपूजा प्रक्रियामा जे जसो लेखिए पनि म्हपूजा गर्ने प्रक्रिया ठाउ ठाउँ अनुसार थर थर अनुसार पनि फरक हुन सक्तछ । यसमा सबभन्दा राम्रो आफूले पहिले गरे जसै गरी पूजा गर्नु नै राम्रो हुन्छ । म्हपूजा गर्ने, मण्डप लेख्ने कुराहरुमा केही विविधता भए पनि म्हपूजामा लुकेको दर्शन एउटै हो ।

नेवारहरुको म्हपूजा एक मौलिक पर्व हो । यसलाइ आत्म पूजा वा स्वपूजा पनि भन्न सकिन्छ । धरैजसो हाम्रा परम्पारगत सम्वतहरुका अनुसार कार्तिक मंसिरमा वर्ष फेरिन्छ । एक वर्ष जसोतसो विभिन्न कृयाकलाप कृषि उद्योग, व्यापार गरेर एक दिन अगाडि लक्ष्मी पूजा गरेपछि एक वर्ष पूरा भएको सम्झिएर अर्को वर्ष स्वस्थहोस्, आफ्ना यावत क्रियाकलापहरु अझ व्यवस्थित होस्, आफ्नो शरीर भित्र रहेको पञ्चतत्व स्थीर भएर सन्तुलित भएर रहोस् । आफ्नो, तन, मन, धन स्थीर रहोस् । आफैमा आत्मबल आओस् ताकि जीवनमा आइपरेका यावत समस्याहरु समाधान गर्न सकियोस् । आफूमा मानसिक शक्ति बौद्धिक शक्ति वृद्धि होस् भनी शुभकामना दिने हो ।
म्हपूजा सम्बन्धमा एउटा भ्रम के छ भने नेपाल सम्बत र म्हपूजा एकै दिनमा परेको हुनाले नेपाल सम्वत्को प्रणेता शंखधरले सबै आसामीको ऋण तिरिदिएर म्हपूजाको परम्परा थालिएको हो भन्ने यदा कदा सुनिन्छ । वास्तवमा यो कुरा सत्य होइन । यो म्हपूजा गर्ने भनेको नेपाल सम्वत् भन्दा पनि धेरै पहिले आइसकेको चलन हो । केबल शंखधरले स्थापना गरेको सम्वत अनुसार वर्ष फेरेर नयाँ वर्ष आउने दिन एक पवित्र दिन सम्झेर म्हपूजाको दिन पारेको हो ।

म्हपूजा सम्बन्धमा अर्को कुरा गर्दा यो नेवार जातिको एक सशक्त पहिचान हो ।

Source (Uttam Kumar Shrestha): https://www.facebook.com/uttam ... 08530
2018-11-11 14:12 0 Reviews

Share

0

Sujan

Agree by:

Made a short video on Mha puja, have a look : https://www.youtube.com/watch?v=i49o9kWOC18

Cheers,
Sujan
2018-12-13 12:39 0 Reviews

Share

0

Please login or register to reply to question

Owner

admin admin Site Manager

Question status

New activity: 2018-12-13 12:39

Views: 585

Follow: 2 people

Sponsored